• २०८३ असार १३ गते शनिवार

लक्ष्मि हत्या प्रकरण ः बलात्कारको प्रयास पछि हत्या

खड्क सुनार पढ्न लाग्ने समय : ४ मिनेट

 

 

चैत २७ ,मुगु । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिमा–९ की एक बालिका लक्ष्मि चौलागाई बलात्कारको प्रयास पछि हत्या गरिएको पाईएको छ । विहिवार विहान जिल्ला प्रहरी कार्यालय मुगुले पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी गराइएको हो ।

शनिबारदेखि हराएकी बालिका चौलागाईं तीन दिनपछि मुगु कर्णालीमा मृत अवस्थामा प्रहरीले फेला पारेको थियो । प्रहरीले गरेको पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी गराएको छकि सोरु गाउपालिका वडा नं वडा नं ८ तारापानी बस्ने वर्ष अन्दाजि २० वर्षेका प्रवेश रावलले बलात्कार पछि हत्या गरेको प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको हो ।

९ वर्षीया बालिका सोही गाँउपालिका–८ तारापानीबाट हराएको जानकारी परिवारले आफुलाई जानकारी प्रदान गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मुगु बाट प्रहरी निरक्षिक नरेश विकको कमान्डरमा खटिएको टोलि र त्यहाका प्रत्यक्षदर्शी स्थानीयको खोजतलासले गर्दा कर्णाली नदीमा शव फेला परेको प्रहरी निरिक्षक नरेश विकले बताए ।

हाल मृतक वर्ष ९ कि चौलागाई गएको २१ गते साझको ५ बजेको समयमा सोरु गाउपालिका ८ तारापानी स्थित घर बाट हराएकि थिईन , सोही बालिकाको खोजतलास गर्ने क्रममा चैत २३ गते ७ बजेको समयमा सोही वडाको तारापानी स्थित कर्णाली नदिको किनारमा निज बालिकाको मृत अवस्थामा फेला परेको घटनाका सम्बनधमा प्रहरीको टोलिले सुक्ष्मरुपमा अनुसन्धान व।गरे पश्चात सोरु गाउपालिका वडा नं १० तारापानी गाउ बस्ने २० वर्षका रावल लाई पक्राउ गरी कार्यालयमा लिईएको विकको भनाई रहेको छ ।

प्रतिवादी रावलले मृतक बालिका लाई वारदात फेला पारी करणी गर्ने मनसायले समात्न खोज्दा बालिकाले प्रतिकार गरी चिच्याए पश्चात बालिका लाई धकेलेर लडाएर बालिकाको टाउको भँइमा ठोक्नि गई बेहोस भए पछि प्रतिवादी रावलले पिडित बालिका लाई कर्णाली नदीमा फालि दिएको प्रतिवादीले स्विकारेको उनको भनाई रहेको छ ।
यता प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्टराईका अनुसार मृतक बालिका लाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल मुगुमा ल्याईएको र रिपोट भने आउन बाँकि रहेको र पोष्टमार्टमको रिपोट आए पछि मात्र थप के कस्तो कारणले मृत्यु भएको जानकारी आउने अवगत गराए ।

साथै उनले थपे मृतक बालिका चौलागाईको प्रहरी अस्पतालको ल्यावमा पठाएको र त्यसको पनि भेजिनल सब परिक्षण गरि रिपोटको तथ्य जानकारी प्राप्त हुने डिएसपि भट्टराईको भनाई छ ।

राज्य बाट क्षति पुर्तिको माग
बुधवार मृतक बालिकाका आफन्त न्यायको लागि प्रशासनको ढोकामा पुगि विभिन्न प्रकारका माग राखेका छन् । सहभागि एक आफन्तले भने मृतक बालिकाको घर परिवारको अवस्था नाजुक भएको र कुनै पनि ठाउ बाट आयस्रोत नभएकाले राज्य बाट क्षतिपुर्तिको माग राखेका हुन् । त्यो सँगै प्राय जसो प्रतिवादीहरु धरौटीमा छुट्ने गरेका हुन्छन् त्यो भएर प्रतिवादी रावल लाई धरौटीमा छुट्नै कुनै प्रकारको अवस्था नहोस भनि आफन्तहरुको माग रहेको छ ।

शव भएको ठाउँमा रिनटिन भेटियो
मृतक बालिका चौलागाईको शव भेटिएको स्थान भन्दा केही मिटर पर खाएर राखेको आधा बाँकी भएको रिनटिन नामक चाउचाउको प्याकेट र सिंगो अर्को प्याकेट पनि फेला परेको प्रहरीले बताएको छ । त्यो सँगै अलि पर पट्टी पिडित मृतक बालिकाको निलो रंगको एक जोडी चप्पल पनि भेटिएको बताएका छन् ।

शव फेला पारेको स्थान भन्दा केही मिटर यता भेटिएका चाउचाउका प्याकेट बाट प्रारम्भिक अनुसन्धान गर्दा तारापानी सीप बजारमा दुई जना मात्र चाउचाउ व्यापारी भएको र शनिबार साँझ बालिकाको घर नजिकका छिमेकीले चाउचाउ लिएको खुल्न आएको बताईएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका युवाले आफू शनिबार मादक पदार्थ सेवन गरेको, लक्ष्मीलाई बहिनी सम्झेर चाउचाउ दिँदा जडिया भनेर जिस्काएपछि लखेटेको र लडेर नदीमा परेको बयान दिएका छन् । तर आफूले कुनै अनैतिक प्रयास नगरेको पनि प्रहरीसमक्ष उनले बताएका छन् ।

प्रतिवादी लाई गिरफ्तार गर्न सफल बने नरेस
प्रतिवादी रावल लाई घटना घटेको २४ घण्टा भित्र प्रहरी समात्न सफल भएको छ । यो एक उदाहरणिय कार्य पनि रहेको छ । प्रहरी निरिक्षक नरेश विकको नेतृत्वमा खटिएको टोलिले २४ घण्टा नबित्दै रावल लाई समात्न सफल भएको खुसि ब्यक्त गरे । उनले भने प्रतिवादी लाई यो छोटो समयमा समात्न त्यहाका स्थानीयहरुको पनि ठुलो सहयोग रहेको छ । स्थानीय द्धारा यो सहयोग लाई कदर गर्दे प्रहरी लाई बयान लिन , अनुसन्धान गर्न थप सहयोग मिलेको उनको जोड रहेको छ । मृतक बालिका चौलागाई श्री गिलाहा बालज्योति प्रावि गिलाहमा कक्षा २ मा अध्ययानरत गरेकि र पढाईमा पनि दख्खल भएको जानकारी गराए । मृतक बालिकाको शब आफन्तले बुझि दाह सस्कार गरिएको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस