• २०८२ असार ४ गते बुधवार

विगतका तिक्तता सबैले बिर्सेर एक भएर लागौं : नेता गौतम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियान चलाउँदै आएका नेता वामदेव गौतमले अबका दिनमा विगतका तिक्तता सबैले बिर्सेर गाली र बिझ्ने शब्द नबोली एकताको बाटो खुला राख्न र आफ्नो दल सुदृढ बनाउँदै अगाडि बढ्न आग्रह गर्नुभएको छ । मंगलबार आफ्नै निवास भैंसेपाटी पुगेका पत्रकारहरूबीच एमालेका बरिष्ठ उपाध्यक्ष गौतमले निर्वाचन आयोगले निर्णय दिन नसकेको बिषयमा अदालतले दुबै पक्षलाई सहज हुनेगरी खुलेर निर्णय दिनुलाई अन्यथा लिन नमिल्ने बताउनुभयो ।

रिट निवेदकले नमागेको बिषयमा बोलेको भनेर केहीले बोलेको सुनेको छु नमागे पनि सम्बन्धित भएर आएको र भोली आउनसक्ने बिषयलाई अदालतले सम्बोधन गरेको छ भन्दै यसो नगरिएको भए संसद दलविहीन अबस्थामा पुग्ने थियो भन्ने बुझ्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस