फागुन २५, काठमाडौँ। गायिका एवं राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध मानहानीको मुद्दा दायर गरेकी छन् । पन्तले सार्वजनिक रुपमा आफूविरुद्ध गरेको टिप्पणीलाई लिएर वलीले मंगलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । उनले मुलुकी अपराध संहिता २०७४, २०७४ को दफा ३०५, ३०६, ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दायर गरेकी हुन् ।
वलीले आफ्नो उजुरीमा भनेकी छन्, ‘राजनीतिमा प्रोपोगाण्डा फैलाउने कुत्सित उद्देश्य बोकी विपक्षीले जानी जानी मलाई प्रतिनिधिपात्र बनाइ समग्र महिलाप्रति नै अपमान हुनेगरी अभिव्यक्ति दिनु भनेको महिलाविरुद्धको जघन्य हिंसा हो,’ ‘मेरो इज्जतमा धक्का पुर्याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी मेरो व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा व्यक्तिलाई होच्याउने गरी गाली बेइज्जती र चरित्र हत्या गरेको र सो कुरा प्रचार, प्रसार र प्रकाशन गरी मेरो मान प्रतिष्ठा र इज्जतमा धक्का पुर्याउने गरी अभिव्यक्ति दिएको स्पष्ट हुँदा गालीतर्फ मुलुकी अपराध संहित २०७४ को दफा ३०५ ९१० ९२० कसुर गरेको हुँदा ऐ। दफा ३०५ ९३० बमोजिम र बेइज्जतीतर्फ ऐनको दफा ३०६ ९१० ९२० ९क० बमोजिम कसुर गरेको हुँदा ऐनको दफा ३०७ ९१० बमोजिम सजाय गरी विपक्षीले मलाई बेइज्जती गर्ने कार्य विद्युतीय माध्यमबाट गरेको हुँदा थप एक वर्ष कैद र दश हजार जरिवाना समेत गरी हदैसम्मको सजाय गरी पाऊँ ।
साथै ऐनको २०७ को उपदफा ९२० बमोजिम कसूरको गम्भीरता र मेरो प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय तथा अन्य आमसञ्चार माध्यमबाट भएको बेइज्जती समेतलाई विचार गरी मनासिब क्षतिपूर्ति तथा मुद्दामा लागेको खर्चसमेत विपक्षीबाट दिलाई भराई पाऊँ ।’