फागुन २५, बारा। बाराको निजगढ नगरपालिका बुद्धचोकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । आज बिहान १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको हो । रौतहट चन्द्रनिगाहपुर घर भएका उनी निजगढ नगरपालिकामा बस्ने गर्दथे ।
प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुर झिकाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।