• २०८३ असार १५ गते सोमवार

दोलखामा जिपले किचेर एकजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५, दोलखा। दोलखाको वैत्येश्वर गाउँपालिका-६ नाम्दुमा जिपले किचेर एकजनाको मृत्यु भएको छ । वैत्येश्वर गाउँपालिका-६ को नाम्दु पैयूँखोलामा वा१४च ९९९३ नंको बोलेरो जिपले किचेर नाम्दु निवासी ४० वर्षीय बद्री थामीको घटनास्थलमा नै मृत्यु भएको दोलखाका प्रहरीले जनाएको छ ।

यात्रु लिएर नाम्दुको पैयूँखोलाको भित्री सडकमा गएको बोलेरोको बिग्रिएपछि रोकेर यात्रुहरु ओर्लिएको र सोही क्रममा रोकेको बोलेरो गुडेर बद्री थामीलाई किचेको हो । शव परीक्षणका लागि चरीकोट ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस