• २०८३ जेष्ठ ७ गते बिहिवार

भारततिर तस्करी हुनलागेका तीनवटा ट्रकसहित ६७ वटा गोरु नियन्त्रणमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

माघ २७, विराटनगर । तीनवटा ट्रकमा लोड गरेर लैजाँदै गरेको अवस्थामा प्रहरीले मोरङबाट ६७ वटा गोरु मंगलबार नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाका अनुसार ना ६ ख ६१३२, ना ६ ख ९७३४ र ना ५ ख ७७५७ नम्बरका ट्रकमा लोड गरिएको अवस्थामा गोरु नियन्त्रणमा लिइएको हो ।

गोरु र ट्रक आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको उनले बताए । उनका अनुसार गोरु सिन्धुपाल्चोक घर भएका विश्व बस्नेतको भएको खुलेको छ । घटना अनुसार पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सुन्दरहरैँचाको बाँसबारी हुँदै ट्रकमा लोड गरिएका गोरु झापाको दमकतिर लगिँदै थियो । व्यवसाय गर्दाको पैसा बस्नेतले आफूहरुलाई नदिएकोभन्दै मोरङको केराबारी गाउँपालिका–८ का डोरबहादुर विक लगायतले राजमार्गबाट गोरु लोड गरिएको ट्रक रोकेका थिए ।

त्यसपछि केराबारी–५ सत्तिसाले पु¥याइएको ट्रकसहितका गोरु प्रहरीले बिहान ७ बजेतिर नियन्त्रणमा लिएको हो । विक लगायतले आफूहरुलाई बस्नेतले पुरानो हिसाबकिताववापतको पैसा नदिएको बताएका छन् । उनले कति पैसा हो भन्ने खुलाएनन् । तर प्रहरीले भने तस्करी गरेर गोरु लगिएको हुनसक्ने आशंका गरेको छ । नेपालबाट कागजपत्र मिलाएर गोरु झापाका सीमावर्ती नाका हुँदै भारततिर कटाउने गरिएको पाइएको प्रहरीको भनाइ छ ।प्रहरीले नियन्त्रणमा लिँदा ट्रकका चालकहरुले सर्लाहीको लालबन्दीबाट गोरु लिएर आएको बताएका थिए । तर प्राप्त कागजपत्रबाट मोरङको विराटचोकको दृष्टि आरम्भ बहुउदेश्यीय बाख्रा फार्मले झापाको दमकस्थित हेमा खरिदबिक्री फार्मलाई गोरु बिक्री गरेको देखिएको राजस्व कार्यालय इटहरीका अनुसन्धान अधिकृत रमेश ओझाले बताए ।

तर गोरु भने सर्लाहीबाट ल्याइएको खुलेपछि कागजपत्र नै नक्कली हुनसक्ने आशंका गरिएको छ । ‘गोरु पश्चिमबाट ल्याइएको छ । तर कागजपत्र अनुसार खरिदबिक्री भने पूर्वमा गरेको देखिन्छ,’ स्रोतले भन्यो, ‘त्यही भएकाले गोरु तस्करीकै हो भन्ने प्रष्ट हुन्छ । गोरु भगाएर केराबारी पु¥याइएको बाँसबारी भन्ने ठाउँ पनि विराटचौकबाट लगभग आठ किलोमिटर पश्चिममा पर्छ ।’ कुनै एक पक्षले अर्कोलाई बिक्री गर्दा माल वस्तुको परिणाम र मूल्यसमेत उल्लेख गरेर राजस्व कार्यालयको वेबसाइडमा ‘इन्ट्री’ गर्नुपर्ने नियम रहेको ओझाको भनाइ छ । उनले प्रक्रिया पु¥याएर गोरु लगिएको हो या नपु¥याइकन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको बताए ।

यस घटनाबाट आवश्यक कागजपत्र मिलाएर सबै पक्षसँग ‘सेटिङ’ मिलाउँदै गोरु तस्करी भइरहेको प्रष्ट हुने स्रोतले बतायो । ‘सबै प्रक्रिया पूरा गरेको भए राजमार्गबाट पूर्व दमकतिर लग्नुपर्ने गोरु किन उत्तर ९केराबारी०तर्फ लगियो भन्ने कुराले थप शंका जन्माएको छ,’ स्रोतले भन्यो, ‘तस्करीकै भएकाले पक्राउ पर्ने डरले राजमार्गबाट भगाएर अर्को बाटोको प्रयोग गर्दै गोरु कटाउने प्रयास गरिएको छ ।’राजस्व इटहरीका प्रमुख दीपक खड्काले अनुसन्धानबाट गोरुको तस्करी भएको पुष्टि भएमा त्यसमा संलग्नलाई कारबाही हुने बताए । गोरु खरिदबिक्रीदेखि लिएर सबै विषयमा अनुसन्धान थालिएकाले वास्तविकता बाहिर आउन केही समय लाग्ने उनले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस