• २०८३ बैशाख २४ गते बिहिवार

एमसीसीविरुद्ध रणनीति बनाउन छलफलमा जुटे ६ दल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २२, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीसहित विभिन्न ६ कम्युनिष्ट पार्टीहरू एमसीसीविरुद्ध रणनीति बनाउन छलफलमा छुटिरहेका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न ६ दलहरू एमसीसीविरुद्ध रणनीति बनाउन बैठकमा बसेका छन् । काठमाडौंमा अहिले बैठक बसिरहेको छ ।

सरकारले २८ मंसिरबाट सुरु हुन लागेको संसद बैठकमा एमसीसी अनुमोदनका लागि पेस गर्न लागिएका भनिएका बेला उनीहरूको बैठक बसिरहेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस