साउन २४, सुनसरी । प्रहरीले सवारी ज्यान मुद्दाका फरार अभियुक्त एक जनालाई पक्राउ गरेको छ । सवारी ज्यान मुद्दाका फरार अभियुक्त मोरङ विराटनगर महानगरपालिका(१० मधुमारा टोल बस्ने सरोज कुमार साहलाई शनिबार प्रहरी पक्राउ गरेको हो ।
गत असार ११ गते बेलुका सुनसरी इटहरी उमहानगरपालिका-१२ स्थित शारदा विद्यालय अगाडिको कोशी राजमार्गमा वा.१० च ५५७३ न्बरको गाडीको ठक्करबाट पैदलयात्री इटहरी उमहानगरपालिका-११ बस्ने ६३ वर्षीया गंगा देवी ढकालको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न रही फरार रहेका गाडी चालक साहलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर प्रादेशिक अनुसन्धान समूहको सहयोगमा मोरङ विराटनगर महानगरपालिका-१ बाट प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।