बैशाख २५ मुगु । हिमाली जिल्ला मुगुमा लगाईने हिउर्दे अन्न बाली जै, गहुँ यो बर्ष उत्पादनमा दोब्बरले घटेता पनि कोरोना कहरका बेला किसानहरु लाई जौ बालि भित्र्याउने हतार रहेको छ । मुगु जिल्लाका लेकाली भेगमा लगाईने हिउदे अन्न बाली जै, गहुँ र उवा यो बर्ष हिउदमा हिउ र फाल्गुन चैत्र महिनामा पानि नआउदा यो बर्ष हिउर्दे अन्य बाली गर्त बर्ष भन्दा यो बर्ष निकै उत्पादन कमि देखीएको हो ।

मुगु जिल्लाको कुल ३ लाख २३ हजार ४ सय ५० क्षेत्रफल मध्ये अन्न तथा खेती योग्य १९ हजार ३ सय ४० क्षेत्रफलमा रहेको जमिनमा लगाईएको अन्न बाली राम्रो सँग उत्पादन भए पछि मुगुका स्थानिय बासीहरु कम्तीमा ६ महिना भन्दा बढी जिवन निर्वाह गर्दछन भने अन्य बाँकी महिना ब्यापार, ब्यावसाय, रोजगार, जडिबुटी र मदुर गरेर आत्म निभर हुर्ने गरेका छन । गर्त बर्षहरु भन्दा यो बर्ष हिउँदमा हिमपात नपर्दा मुगु जिल्लाको सबै भन्दा बढी उत्पादन हुने जौ, गहुँ हुने छायानाथ रारा नगरपालिका कार्कीवाड, चैना, पिना, बालै, टोप्ला, ताल्चा सोरु गाँउपालिकाको सिप, तारापानि, कालै सोरुकोट, कच्र्चे, भिई, नार्थपु, खत्याड गाँउपालिकाको गम्था, सेरी ,श्रीकोट ,रोल, रातापानि, सुकाढीक ,हेयाङ्गलु, खमाले, मुगमकामारोङ्गको छाईल, चिमाथ, माग्री, पापु, मह, लगाएतका ठाँउ अन्न बाली दोब्बरले उत्पादनमा दोब्बरले कम उत्पादन भएको मुगु जिल्लाका कृषकहरुले बताए ।

मुगु जिल्ला लगाएत अन्य हिमाली जिल्लामा गरीने खेति प्राय: जसो आकासे पानिको भरमा गरीन्छ भर्ने यो बर्ष हिउदमा पानि र हिउँ नखाउदा कृषकहरुले लर्गाको अन्न बालि सबै सुकेको छ । गर्त बर्ष भन्दा यो बर्ष दोब्यार कम उत्पादन भएको छ । उत्पालन भएको जै,गहुँ पूरै सुकेका छन साना बाला छन भएको पनि गोरु गाईले खाई सकेका छन । गर्त बर्षहरुमा ६-७ महिना जै र गहुँ खाएर आत्म निर्भर गर्ने गरेका थियौ यो बर्ष निकै गारो हुने भएको छायानाथ रारा नगरपालिका वडा नम्बर ५ का कृषक उनसरा मल्लले बताईन ।

गर्त बर्षमा ५-६ थुनमा एक खेतमा अन्न हुन्थो यो बर्ष १-२ डाला पनि उत्पादन भएन । सबै भन्दा समयमा हिउँ नआउदा गारो भएको छ । यो बर्ष ३-४ महिना सम्म पेट पाल्न पनि गारो हुर्ने भएको छ । पानि सिचाई हुर्ने ठाउमा थोरै उत्पालन भएको हो भर्ने पाखे भुवा सुक्क जमिनमा त कुनै पनि उत्पादन भएन भन्दै छायानाथ रारा नगरपालिका ५ बस्ने कृषक खुम्मेनि शाहीले जानकारी दिईन ।

यो बर्ष खडेरीले गर्दा अन्न उत्पालनमा निकै कम भएको छ । सबै भन्दा जै,गहुँ उत्पादन ,बाला लाग्र्ने समय र अन्य समयमा सिचाहीको आवश्वक हुर्ने समयमा हिउँ, पानि नआउदा मुगु जिल्लामा गर्त बर्ष भन्दा अन्न उत्पादनमा निकै कम उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालय मुगुका कार्यालय प्रमुख कमल सुनारले बताए ।