वैशाख २५, काठमाडौँ । प्रतिनिधिसभाका २७ सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । २७ सांसदसहित ससद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिब, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकारका कर्मचारी गरी १६० जना भन्दा बढी कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमित सांसदहरुमा झलनाथ खनाल, मुकुन्द न्यौपाने, मनकुमारी जिसी, मायादेवी न्यौपाने, पार्वती डिसी चौधरी, राजेन्द्रप्रसाद गौतम, नन्दलाल रोका क्षेत्री, लालबाबु पण्डित, लक्ष्मणलाल कर्ण, नरमाया ढकाल, महेश बस्नेत, रामबाबु यादव, गोपालबहादुर बम, नमीताकुमारी चौधरी, शान्तिमाया तामाङ, विनाकुमारी श्रेष्ठ, रेनुका गुरुङ, जुलीकुमारी महतो, रघुवीर महासेठ, किसान श्रेष्ठ, सुरेश कुमार राई, पुष्पाकुमारी कर्ण कायस्थ, भानुभक्त ढकाल, बीना मगर, भरतकुमार शाह, प्रमोद शाह, दीपकप्रकाश भट्ट गरी २७ जना रहनुभएको छ ।
यही वैशाख २७ गते संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै हुनुहुन्छ । जसका लागि संसद्को विशेष अधिवेशन आह्वान गरिएको छ । कोरोना संक्रमित सांसदहरुले विश्वासको पक्ष–विपक्षमा हाल्न पाउने नपाउने विषयमा छलफल भइरहेको संसद् सचिवालयले जनाएको छ ।