बैशाख २५, माेरङ । प्रहरीले विराटनगरबाट नक्कली रेम्डेसिभिरको कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार विराटनगर महानगरपालिका–१० का २६ वर्षीय सोनु आलम र श्रवण यादवलाई पक्राउ गरिएको हो ।

आलम र यादवले वीरगञ्जमा उत्पादन हुने ‘स्टासेफ’ नामक एन्टिबायोटिक इन्जेक्सनको बट्टा र बोतलमा नयाँ लेबल लगाउँदै नक्कली रेम्डेसिभिर तयार पारेर कोरोना संक्रमितका लागि बिक्री गर्ने गरेको पुष्टि भएको छ । रेम्डेसिभिर गम्भीर प्रकृतिका र कडा लक्षण देखिएका कोरोना भाइरस संक्रमितको उपचारमा निक्कै प्रभावकारी मानिएको औषधि हो । तर पक्राउ परेकाहरुले ९० रुपैयाँ पर्ने एन्टिबायोटिक इन्जेक्सनको बोतलमा रेम्डेसिभिरको लेभल लगाएर बिक्री गर्ने गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
विराटनगर–४ स्थित नोबेल शिक्षण अस्पतालनजिक आलमको साथी फार्मेसी नामक औषधि पसलका कामदार हुन् ।