चैत्र २६, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाउनुभएको छ । पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को बैठक बोलाउनुभएको हो ।

बैठकमा नयाँ सरकार गठनबारे छलफल हुने कांग्रेसका एक नेताले बताए ।