चैत्र २६ , काठमाडौँ । नेपालमा वायु प्रदूषणको अति हानिकारक अवस्थाबाट केही सुधार भएको छ ।वायु प्रदूषणको अवस्था मापन गर्ने एक्यूआई ३ सयभन्दा धेरै भएमा अति हानिकारक मानिन्छ । अति हानिकारक अवस्थाबाट सुधार भएर अति अस्वस्थ अवस्थामा झरेको वातावरण विभागले जनाएको छ। २ सयभन्दा धेरै एक्यूआई भएमा त्यसलाई अति अस्वस्थ अवस्था मानिन्छ ।
बिहीबार बिहान नेपालको एक्यूआई २३४ मापन गरिएको छ । वायु प्रदूषण कम हुँदै गएको भए पनि प्रदूषणमा विश्वको सूचीमा पहिलो नम्बर भने कायमै रहेको छ ।