• २०८३ जेष्ठ ४ गते सोमवार

हामीलाई अदालतको आदेशले केही गर्दैन, हामी ओली तिरै रहन्छौं : मन्त्री थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २४, काठमाडौं । खानेपानी मन्त्री मणि थापाले आफूहरू प्रधानमन्त्री केपी ओलीको नामभन्दा पनि सिद्धान्त र विचारका कारणसँगै रहेको बताउदैं उहाँहरुसगैं रहने बताउनु भएको छ । राजनीतिक एजेण्डा र उहाँको नेतृत्व गर्ने क्षमता अनि राष्ट्रियताप्रतिको अडानसँग सहमत भएर एक ठाउँमा रहेका बताउदैं उहाँले ओलीसगैं रहने बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको विघटन गर्ने निर्णय गरेसँगै थापा खानेपानी मन्त्री बनेका हुन्। माओवादी केन्द्रबाट गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणि थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी ,श्रममन्त्री गौरीशंकर चौधरी, सहरी विकासमन्त्री प्रभु शाह र खेलकुदमन्त्री दावा तामाङ पूर्व माओवादी केन्द्रबाटै बनेका हुन्।

टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, लेखराज भट्ट र प्रभु शाह प्रतिनिधि सभा सदस्य हुन भने गृहमन्त्री रामबहादुर थापा राष्ट्रिय सभा सदस्य हुन्।

Sharing

प्रतिक्रिया दिनुहोस