फागुन २३, काठमाडौं। आज साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ ।आज सेयर कारोबार मापक नेप्से परिसूचक २१.५८ अंकले घटेर २४८५ विन्दुमा झरेको छ ।आज कुल कारोबार ५ अर्ब १० लाख रुपैयाँको मात्र भएको छ । अघिल्लो साताको अन्तिम दिन बिहीबारको तुलनामा आज करवि १ अर्ब रुपैयाँले कारोबार रकम घटेको छ ।
आज २ सय ११ कम्पनीको शेयर ५३ हजार ९ सय ७० पटक कारोबार भएको छ । आज सबैभन्दा बढी चन्द्रागिरी हिल्सका लगानीकर्ताले कमाएका छन् ।
आज चन्द्रागिरी, नेपाल हाइड्रो डेभलपर्स, रैराङ हाइड्रोपावर विकास कम्पनी, एक्सल विकास बैंक र नेपाल इन्स्योरेन्स बढी कमाउने कम्पनीमा रहेका छन्।