फागुन २४, काठमाडौं। श्रमिक महिला दिवस अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश नम्बर २ सरकारले २० हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ। ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत श्रमिक महिला दिवसको अवसरमा २० हजार छात्रालाई साइकल वितरण गर्न लागेको हो ।
सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययरत छोरीहरूलाई साइकल प्रदान गर्न लागिएको जनाइएको छ । आर्थिक वर्ष २०७७-०७८ मा प्रदेश सरकारले २० हजार छात्रालाई साइकल वितरण गर्ने योजना बनाएकोमा सोहीअनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा साइककल वितरण कार्यक्रम सुरु गर्न लागिएको हो।
सोमबार धनुषाका २७ विद्यालयका छात्रालाई आज साइकल दिइने जनाइएको छ।यसअघि आर्थिक वर्ष २०७५-०७६ मा पनि प्रदेश सरकारले प्रदेशमा कक्षा ८ मा अध्ययनरत २० हजार छात्रालाई साइकल दिइएको छ । तराई–मधेसमा महिलाको अवस्थामा सुधार ल्याउनका लागि प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाऊलगायत विभिन्न अभियान सञ्चालन गरिरहेको छ।