फागुन २४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले स्थायी कमिटी बैठक बोलाएको छ। सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेलको भएको फैसला गरिदिएपछि आवश्यक छलफल गर्न स्थायी कमिटीको बैठक बस्न लागेको हो।
उक्त पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने जानकारी दिएका हुन ।