मङ्सिर २१,काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलन उहाँले पार्टीको १४औँ महाधिवेशनमा (दलित कोटा)बाट आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको घोषणा गर्नुभएको हो । “हाल पार्टीको विधान अनुसार दलितको पनि पदाधिकारीमा सहभागिता हुने गरी सहमहामन्त्री पद राखिएको छ, समावेशी क्लस्टर अनुसार सहमहामन्त्रीको उम्मेदवारी घोषणा गरेको हुँ”, उहाँले भन्नुभयो । उहाँ पार्टीको दुई कार्यकाल केन्द्रीय सदस्य बन्नुभएका थियो ।