• २०८३ बैशाख ६ गते आइतवार

ललितपुरमा एक युवती मृत अबस्थामा फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २१, ललितपुर । ललितपुरको ज्वागलमा एक युवती मृत अबस्थामा फेला परेकी छन् । प्रहरीका अनुसार घरको झ्यालको रेलिङमा झुण्डिएको अवस्थामा सर्लाहीको बागमती गाउँपालिका घर भएकी २२ वर्षीया रेखा शाह मृत भेटिएकी हुन् ।

झुण्डिएको अवस्थामा उनको शव परिवारका सदस्यले फेला पारेका थिए । अस्पताल लगेपछि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । शाहको माइती पक्षले चाहिँ उनको मृत्यु शंकास्पद रहेको दाबी गरेको छ । उनीहरुको भनाइमा दाइजो सम्बन्धी विवादमा शाहलाई परिवारले यातना दिइरहेको थियो ।

उनको मृत्युको कारण त पोष्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने र शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ प्रहरीले जनाएको छ ।घटनास्थलमा खटिएका ललितपुर प्रहरी डीएसपी दिपक भारतीका अनुसार शवमा कुनै बाहिरी चोटपटक देखिएको छैन । विस्तृत अनुसन्धान जारी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस