• २०८३ बैशाख १५ गते मङ्गलवार

चाँगुनारायणमा कांग्रेसका नेता कार्यकर्ता जुवाखालबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक २१, भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले जुवाको खालबाट १५ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका मध्य केही नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता रहेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

गएराती भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडाल पुरीगाँउ बस्ने मणिराम पुरीघरबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चाँगुनारायण नपा वडा नं. ८ पुरीगाँउ बस्ने वर्ष ५२ को मणिराम पुरी (जुवा तास खेलाउने घरधनी) सोही स्थानका वर्ष २५ को शुसिल खत्री, वर्ष २८ को चन्द्रशेखर खत्री (नेपाली कांग्रेस चाँगुनारायण नगर समितीका सहसचिव हुन्), वर्ष ३३ को नवराज खत्री, वर्ष ५१ को राजन कार्की, वर्ष ४२ को चिरञ्जिवी फुँयाल, वर्ष ३० जनक खत्री (कांग्रेसका १ न. क्षेत्रका सचिव र वडा अध्यक्षका उम्मेदवार हुन्), वर्ष ४३ को जिवन श्रेष्ठ, वर्ष ३७ को परमेश्वरर थापा, वर्ष ३८ को प्रेम कुमार विक रहेको परिसरले जनाएको छ ।

सोही स्थान बस्ने वर्ष ४५ को सरोज भण्डारी, ३९ को विनोद तिमिल्सिना, वडा नं. ७ बस्ने वर्ष ३५ को विकास लामा , बर्ष ३८ को रुपेश न्याजु र काठमाण्डौ जिल्ला गोकणेश्वर न.पा. वडा नं. २ नयाँपाटी बस्ने बर्ष ५० को रामु भण्डारी रहेको भक्तपुर प्रहरी परिसरले बतायो ।

पुरीको घरमा पैसाको हारजित हुने गरी मानिसहरु जुवा (तास) खेलिरहेको छन् भन्ने विशेष जानकारी प्राप्त प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरिक्षक लोक बहादुर जिसीको कमाण्डमा गएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरुको साथबाट तास – २ बुक, सहित नगद बाह्र लाख त्रिचालिस हजार सात सय असी रुपैया समेत बरामद गरेको छ । घरधनी पुरीले पहिलै देखिनै पैसाको हारजित हुने गरी जुवा खेल्ने खेलाउने गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको र थप अनुसन्धान कार्य भई रहेको प्रहरी परिसर भक्तपुरले दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस