मुगु २१ , असोज । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत हिमाली जिल्ला मुगुमा वडा , पालिका क्षेत्रीय हुदै जिल्लाको नवौं अधिवेशन सम्पन्न भएको छ । जसमा, मुगुमा कांग्रेस देउवा समूहले वर्चश्व जमाएको छ ।
आज सम्पन्न जिल्लाको नवांै अधिबेशसनमा देउवा समुह बाट उम्मेदवारी दिएका ऐन बहादुर शाहीले जिल्ला सभापतिको नेतृत्व हात पारेका छन् ।
पौड्याल पक्ष बाट उम्मेदवारी दिएका निवर्तमान सभापति खड्ग बहादुर शाही लाई हराउदै उनी जिल्ला सभापतिको नेतृत्व हात पारेका हुन । जिल्ला अधिबेशनको लागि जम्मा मत पत्रको संख्या ७७२ मध्ये ७ सय ५६ मत खसेको थियो भने १६ मत बदर भएको छ ।
जसमा सभापतिले ऐन बहादुर शाहीले ४ सय ६ मत प्राप्त गरि सभापतिमा चयन भएका छन् भने उनका प्रतिद्धन्दि खड्ग बहादुर शाहीले ३ सय ५० मत प्राप्त गरेका छन् । यस्तै जिल्लाको उपसभापतिमा देउवा पक्षका कर्ण रावल र पौड्याल पक्षका हरिजंग शाही विजयि भएका छन् भने सचिवमा जन्मजया भण्डारी र लोकेन्द्र बहादुर मल्ल विजयि भएको नेपाली कांग्रेस मुगुका युवा नेता राजेन्द्र शाहीले बताए ।
उपभापति रावलले ३ सय ९३ मत प्राप्त गरि विजयि भएका हुन भने पौड्याल ईतरका शाही ३ सय ५९ मत प्राप्त भई उनले पनि विजयि हासिल गरेका छन् । सचिव पदमा भण्डारीले ३ सय ५० मत प्राप्त गरेका छन् भने त्यस्तै लोकेन्द्र मल्लले पनि ४ सय ३ मत ल्याई विजयि हासिल गरेको शाहीले जानकारी दिए ।
जिल्लाको नवौ अधिबेशनमा देउवा पक्षको वर्चश्व उत्तिकै जमाएको छ । मुगुका क्षेत्रमा देउवा समूहबाट विजयी भएका हुन् । क्षेत्र नम्बर ‘क’मा कार्मा फुल्जोक लामा सर्वसम्मत सभापतिमा चयन भएका छन् भने र ‘ख’ मा लोकराज दाहाल , सभपातिमा विजयी भएका हुन् । यि सबै देउवा पक्षका रहेका छन् । मुगुमा देउवा पक्षले सभापति , उपभापति , सचिब २ , सहसचिव १ , सदस्य १३ , महाधिबेशन प्रतिनिधि १७ को नेतृत्व हात पारेको छ ।