• २०८३ बैशाख ८ गते मङ्गलवार

मुग्लिन–नौबिसे सडक बन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २२, काठमाण्डौ । पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–नौबिसे सडक बन्द भएको छ । प्रहरीका अनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोगीमारामा सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुईतर्फी नै बन्द भएको हो ।

अहिले पहिरो हटाउनका लागि सडक विभागको टोली आवश्यक उपकरणसहित फिस्लिङबाट खटिएको छ । ठूलो पहिरो खसेकाले सडक खुलाउन केही समय लाग्ने सडक विभागले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस