• २०८३ बैशाख १४ गते सोमवार

यार्सागुम्बा लगायतका जडिबुटी सहित १ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २३, काठमाडौं । प्रहरीले यार्सागुम्बा लगायतका जडिबुटी सहित १ जनालाई पक्राउ गरेको छ ।चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट यार्सागुम्बा जडिबुटी जस्तो देखिने बस्तु ४ सय १२ ग्राम, सिलाजित जस्तो देखिने पदार्थ ६ सय ५० ग्राम र रातो केशरी जस्तो देखिने पदार्थ १ सय ग्राम सहित जुम्ला कन्कासुन्दरी गाउँपालिका-८ बस्ने २४ वर्षीय तुला कामीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख २१११ को बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा कामीले झोलाभित्र लुकाई ल्याएको उक्त जडिबुटी फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि डिभिजन बन कार्यालय हात्तीसार काठमाडौंमा पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस