• २०८३ बैशाख १५ गते मङ्गलवार

कमेडी च्याम्पियनका भरतमणिलाई कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, २३ काठमाडौं । कमेडी च्याम्पियनका प्रतिस्पर्धी ‘कमेडियन’ भरतमणि पौडेललाई कोरोना संक्रमण भएको छ।

गएको हप्ता स्वास्थ्य परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको हो। अघिल्लो हप्ताको बुधबार उनमा कोरोनाको लक्षण देखिएको थियो।  स्वाब परीक्षण गर्दा आइतबार कोरोना पुष्टि भएको उनले बताए।

कोरोना संक्रमण देखिए पनि अहिले भने स्वास्थ्य अवस्था ठिकै रहेको उनले जानकारी दिए।

कोरोनाका संक्रमणका कारण उनी च्याम्पियनको उत्कृष्ट ७ को प्रतिस्पर्धामा देखिएका थिएनन्। कमेडी च्याम्पियन कान्तिपुर टेलिभिजनबाट हरेक  शुक्रबार र शनिबार प्रशारण हुने गरेको छ। पाैडेलकाे प्रस्तुती शुक्रबार परे पनि संक्रमणका कारण उनले प्रस्तुती दिन सकेनन्। उनले यसअघि गरेका प्रस्तुती प्रशारण गरिएको थियो।

अहिले चलिरहेको कमेडी च्याम्पियन-२ मा भरतमणिको प्रस्तुतिलाई दर्शकले खुबै मन पराएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस