असार २३, रोल्पा । सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले बुधबार गाउँपालिका अध्यक्षको अध्यक्षतामा लामखुट्टेको बासस्थान खोजि गरी लार्भा नष्ट गर्ने अभियान सञ्चालनका लागि सरोकारवालाहरुसँग १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भरेको छ ।
लामखुट्टेको बास स्थान नष्ट गर्ने तथा लामखुट्टेको लार्भा नष्ट गर्नको लागि सुनिलस्मृति गाउँपालिका वडा नं. ३ र ४ अन्तर्गत रुइनिबाङ, सुलिचौर बजार क्षेत्र अषाढ २९ गते सरसफाइ गर्ने र सो अभियानको लागि सम्बन्धीत वडाको वडा अध्यक्ष, सदस्यहरुको नेतृत्वमा गर्ने त्यसैगरि २५ गते साँझ गाउँपालिका स्वास्थ्य शाखाबाट स्प्रे गर्ने सरसफाइ अभियानमा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, प्रहरी, बंङ्किङ संस्था, समाजसेवी, राजनितिककर्मी संघ संस्था व्यापारी तथा सम्पूर्ण जनसहभागीतामा लामखुट्टे बास स्थान तथा लार्भा नष्ट गर्ने गरि सरसफाई अभियानलाई व्यापक बनाउन सरोकारवालाहरुले आह्वान समेत गरेको छ ।