• २०८३ बैशाख ४ गते शुक्रवार

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, काठमाडौँ। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई उडानको इन्धन मूल्य घटाएको छ । निगमले २३ गते राती १२ बजेदेखी लागुहुने गरी इन्धन मूल्य घटाएको हो ।

कोरोनाका कारण विदेशबाट नेपाल आउने पर्यटकलाई केही मात्रामा भएपनि उत्प्रेरणा गर्ने उद्देश्यका साथ इन्धनको मूल्य समायोजन गरेको हो । अन्तर्राष्ट्रिय हवाई कम्पनीले इन्धनको मूल्यका कारण भाडादर घटाउन नसकिएको बताइरहेको समयमा निमगले मूल्य घटाएको हो ।

निगमले अन्तर्राष्ट्रिय उडान तर्फ साविकमा अमेरिकी डलर रु ८९३ प्रतिकिलो लिटर रहेकोमा १७८ घटाई नयाँ विक्रिदर ७१५ किलो लिटर कायम गरेको छ । यो सागै नेपालमा पर्यटकको आगमनलाई थप सहजता पैदा हुने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस