बैशाख २४, दाङ । तुलसीपुर उपमहानगरपालिका( ०७ स्थित रहेको रानिघाट खोलाको सबदाह स्थलमा पछिल्लो सयम दिनहु कोरोना संक्रमितको शब जलाईदै आईरहेको छ । तुलसीपुर-घोराही सडक खण्ड भन्दा करिब १०० मिटर टाढा भित्री सडक छेउमा मात्र रहेको उत्त शब गृहमा कोरोना संक्रमितका शब जलाईदै आएपछि स्थानियहरु त्रसित बनेका छन ।

गाँउ बस्तिको बिचौबिचमा रहेको उत्त सबदाह स्थल बाटोको छेउमा भएकाले पनि बालबालिका लगायत दिनहु हजारौ पैदलयात्रीको त्यहाको बाटो भएर आवतजावत गर्ने गर्दछन । पटक पटक सबदाह स्थलको स्थानान्तरण गर्नुपर्छ भन्दै जनप्रतिनिधिलाई समेत जानकारी गराएको स्थानियहरुले बताए । हामीले बारम्बार कुरा उठाउदा पनि हाम्रो सुनुवाइ भएन स्थानियको चिरञ्जीवी रेग्मीले भने । अहिले आफुहरु लगाएत त्यहा छेउछाउमा बसोबास गर्ने मात्रै नभएर त्यस बाटोमा हिड्डुल गर्नेहरुलाई समेत कोरोनाको संक्रमणको जोखिम रहेको उनले बताए ।

प्रयोगपछि अब्यवस्थित रुपमा फालिएका पिपिई लगाएतका सामाग्री
कोरोना संक्रमितको शब जलाईसके पछि शब ब्यवस्थापन टोलीले पिपिई लगाएतका सामाग्रीहरु अब्यवस्थित रुपमा फालेर जाने गरेको आरोप समेत स्थानियहरुले लगाएका छन ।