बैशाख २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ ।प्रधानमन्त्रीका प्रेश सल्लाहकार सुर्य थापाले ट्वीट गर्दै प्रधानमन्त्रीको स्वाव संकलन गरिएको जानकारी दिनु भएको हो ।
उहाँका अनुसार शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीज्यूसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीकाे स्वाव संकलन गरिएकाे हाे ।