• २०८३ बैशाख ९ गते बुधवार

कोरोना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २४, बाँके । बाँकेमा कोरोना संक्रमणबाट थप ८ जना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार मृत्यु हुनेमा नेपालगन्जका ६ जना, बर्दिया र कैलालीका एक/एक जना छन् ।

उनका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का ३४ वर्षीय पुरुषको भेरी अस्पतालमा शुक्रबार बिहान १ः३० बजे, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का ५६ वर्षीया महिलाको राति २ बजे, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ का ५२ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहान ३ बजे र नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ का ६० वर्षीया महिलाको बिहान ३ः३० बजे भेरीमा मृत्यु भएको छ ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० का ५४ वर्षीया महिलाको बिहान ६ बजे, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का ५४ वर्षीय पुरुषको शिक्षण अस्पताल, नेपालगन्जमा बिहान ६ः५० बजे मृत्यु भएको उनले जनाए ।

यस्तै वलीका अनुसार बर्दिया बारबर्दियाका ४७ वर्षीय पुरुष र कैलाली टीकापुरका ४८ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस