• २०८३ बैशाख २८ गते सोमवार

सुनिलस्मृतिमा १५ वेडको अक्सिजन सहितको आइसुलेसन सेन्टर निर्माण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २४, रोल्पा ।  सुनिलस्मृति गाउँपालिकाले १५ वेडको अक्सिजन सहितको आइसुलेसन सेन्टर निर्माण गरेको छ । वडा नं. २ खुंग्रिमा रहेको त्रिपुरेश्वरी माध्यामिक विद्यालयमा आइसुलेसन सेन्टर निर्माण गरिएको हो । विहिवार गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती, वडा नं. २ का वडा अध्यक्ष नेत्र बहादुर गिरीले उक्त निर्माण भएको आइसुलेसन सेन्टरको अनुगमन तथा निरिक्षण गर्नुभएको हो ।अनुगमन पछि उक्त आइसुलेसन सेन्टरमा थप आवश्यक पर्ने सामाग्रिहरु तत्काल उपलब्ध गराउने समेत अध्यक्ष घर्तीले बताउनुभएको छ । आवश्यक सामाग्रि तत्काल व्यवस्थापनका लागि गाउँपालिका स्वास्थ्य शाखालाई निर्देशन समेत गरिसक्नु भएको छ ।
कोरोना भाइरस बढ्दै गएमा र वेडको अभाव भएमा आइसुलेसन सेन्टरमा थप वेडको व्यवस्था समेत गर्ने अध्यक्ष घर्तीले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस