फागुन २३, काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोरोना भाइरसबिरुद्धको खोप लगाउनु भएको छ । उहाँले आइतबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पुगेर खोप लगाउनु भएको हो । आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर खोप लगाउनु भएको थियो ।
प्रधानमन्त्री ओलीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलगायतले पनि कोरोना भाइरसबिरुद्धको खोप लगाउनु भएको थियो ।
प्रधानमन्त्री ओलीले खोप लगाएसँगै नेपालमा दोस्रो चरणको खोप अभियान सुरु भएको छ । यो अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई र अन्य जिल्लामा ६५ वर्ष माथिकालाई खोप लगाइने छ । यो खोप अभियानबाट करिब १६ लाख प्रभावित हुने सरकारले अनुमान गरेको छ ।