• २०८३ भाद्र १३ गते शनिवार

राष्ट्रपति चुनावमा जो बाइडेनको जितको सुनिश्चत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २३, एजेन्सी ।अमेरिकी कंग्रेसले राष्ट्रपति चुनावमा जो बाइडेनको जितको सुनिश्चतता गरेको छ । अमेरिकी संसद्को संयुक्त बैठकले राष्ट्रपतिमा जो बाइडेनका साथै उपराष्ट्रपति पदमा कमला ह्यारिसको जितको प्रमाणित गरेको हो ।

संसदमा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा रिपब्लिकन पार्टीले विरोध जनाए पनि ती दुई तिहाइले पारित भएनन् । संसद्ले प्रमाणित गरेपछि बाइडेनलाई जनवरी २० मा शपथ ग्रहणका लागि बाटो खुलेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस