• २०८३ बैशाख ७ गते सोमवार

रुपन्देहीमा जिपले दुई वटा मोटरसाइकलाई ठक्कर दिँदा २ को मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २३, बुटवल । रुपन्देहीमा बोलेरो पिकअप जिपले दुई वटा मोटरसाइकल लाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

रोहीणी गाउँपालिका ३ रामनगर स्थित भैरहवा परासी हुलाकी सडक खण्डमा भैरहवा बाट परासी तर्फ जाँदै गरेको लु २ च २८४२ नम्बरको बोलेरो पिकअप जिपले बिपरित दिशा तर्फ आउँदै गरेका लु ३७ प ६७९८ र लु २१ प ७८११ नम्बरका मोटरसाइकल लाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा लु २१ प ७८११ नम्बरकोे मोटरसाईकलका चालक रूपन्देहीको देवदह नगरपालिका ११ कदमीपुरका २३ वर्षीय असिम चौधरी र लु ३७ प ६७९८ नम्बरको मोटरसाइकलमा सवार स्याङ्जा जिल्लाको गल्याङ्ग नगरपालिका खरीपानीका ३० वर्षीय गणेश अधिकारीको मृत्यु भएको हो

Sharing

प्रतिक्रिया दिनुहोस