• २०८३ बैशाख ७ गते सोमवार

भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४ लाख नजिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २३, एजेन्सी। भारतमा कोरोना संक्रमित हुनेको संख्या १ करोड ४ लाख नजिक पुगेको छ । पछिल्लो तीन महिनायता संक्रमण दर घटेको भारतमा पछिल्लो २४ घण्टामा मात्रै २० हजार ४६० जनामा संक्रमण पुष्टि भएको छ । यो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ३ लाख ९५ हजार ९३८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड १६ हजार १६३ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५० हजार ३७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २२१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार ३७२ पुगेको हो । भारतमा अहिले २ लाख २८ हजार ७०७ जना सक्रिय संक्रमित छन् भने ८९४४ जनाको अवस्था गम्भीर छ ।

Sharing

प्रतिक्रिया दिनुहोस