• २०८३ साउन १५ गते शुक्रवार

बाँकेमा कारले ठक्कर दिदा एक पुरुषको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २०, बाँके । बाँकेमा कारले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा, दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं।२ का ४० वर्षीय हुमुम डाँगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं।२ अगैयास्थित को पूर्व–पश्चिम राजमार्गअन्तर्गत सडकमा बस रोकेर पिसा फेर्न सडक पार गर्दागर्दै आइतबार राती ९ बजे डाँगीलाई प्रदेश ३–०१–०२२ च ५८८४ नम्बरको कारले ठक्कर दिएको थियो ।

कारको ठक्करबाट गम्भिर घाइते भएका उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । डाँगी ना७ख३३९ नं को बस बाट पशिचम तर्फ गइरहेका थिए ।

कारसहित चालक लाई प्रहरी चौकी अगैयाले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस