• २०८३ जेष्ठ २६ गते मङ्गलवार

नेपाल प्रहरीको एसपी डा संज्ञा मल्ललाई राष्ट्रसङ्घीय पुरस्कार गरिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २०, काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा संज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ ।संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गरी डा. मल्ललाई यही कात्तिक २३ गते महासचिव एन्टेनियो गुटरेसले उक्त पुरस्कार प्रदान गर्नुहुने जनाएको छ ।

डा. मल्ल कङ्गोस्थित शान्ति सैन्यमा स्वास्थ्य तथा वातावरण एकाइ प्रमुखको भूमिकामा छिन् । उनले राजधानी किन्सासामा उक्त एकाइ स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस