• २०८३ बैशाख ८ गते मङ्गलवार

बाँके प्रहरीले नेपालगञ्जबाट ४८ जना जुवाडे पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २०, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले ४८ जना जुवाडेलाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको बाबुगाउँमा २ /३ खाल बनाएर जुवा खेलिरहेका ४८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बाँके प्रहरी जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार शनिबार बिहान चार बजे उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनका अनुसार उनीहरुको साथबाट चार लाख ६६ हजार रुपैयाँ बरामद भएको प्रवक्ता डीएसपी न्यौपानेको बताए । पक्राउ परेका व्यक्तिमध्ये दश जनाको साथबाट पैसा फेला परेको छैन ।

एकजना भारतीयसमेत पक्राउ परेका छन् । उनीहरुले दुई÷तीन खाल बनाएर कार्डपत्ती खेलिरहेका थिए । प्रहरी प्रवक्ता न्यौपानेले को–को खेलिरहेका थिए । को–को दर्शकमात्रै थिए ।

उनीहरुलाई छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाइने डीएसपी न्यौपानेले बताए । ‘ठूला खालको खोजीमा निस्केका थियौं’, उनले भने, ‘साना–साना खाल फेला परे ।’ तिहारमा प्रहरीले कोहलपुर, नेपालगञ्ज, खजुराबाट जुवाडे पक्राउ गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस