• २०८३ बैशाख ९ गते बुधवार

झाडापखालाबाट दुईको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २०, कपिलवस्तु। कपिलवस्तुको कृष्णनगरमा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ भने एक सयभन्दा धेरै विरामी परेका छन् । कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा झाडापखालाको प्रकोप देखिएको छ । बहादुरगञ्जस्थित शिवराज अस्पतालमा झाडापखालाका ९० भन्दा बढी व्यक्ति उपचाररत छन् ।

बिरामीको चाप बढेपछि एउटा बेडमा दुई जनालाई राखेर र कतिपयलाई भुईंमै राखेर उपचार गर्नु परेको शिवराज अस्पतालले जनाएको छ ।बिरामीहरुलाई अस्पतालको आँगनमा खटियामा राखिएको छ । डोरी टाँगेर, त्यसमा स्लाइन पानी झुण्ड्याएर बिरामीहरुलाई दिइएको छ ।

झाडापखाला कसरी फैलियो भन्ने थाहा हुन सकेको छैन । तर दूषित पानीका कारण झाडापखाला फैलिएको हुन सक्ने अनुमान छ । जिल्ला अस्पतालबाट चिकित्सकको विज्ञ टोली शिवराज अस्पताल पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस