• २०८३ मङ्सिर ४ गते बिहिवार

बाँके प्रहरीले हात्तीको दाँतसहित तीन जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २२, बाँके । हात्तीको दाँतसहित बाँकेबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बिशेष सूचना का आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले आज दिउँसो बैजनाथ गाउँपालिका वडा नं ६ सम्झनाचोकबाट हात्तीको दुई थान दाँतसहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बबई गाउँपालिका दाङका दलबहादुर सुनार, बर्दिया बाँसगढी नगरपालिकाका टीकाराम सुनार र धनबहादुर सुनार रहेका छन् ।

हात्तीको दाँत बेच्न बाटोमा हिडिरहेको बेलामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। प्रहरीले सुनारले बोकेको कालो झोलाबाट हात्तीको दुई वटा दाँत बरामद गरेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस