असार २२, काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रीय सदस्य महादेव यादवको निधनप्रति दुःख व्यक्त गरेका छन् ।क्यान्सर रोगबाट पीडित ५७ वर्षीय यादवको सोमबार बेलुका धनुषा जनकपुरस्थित आफ्नै निवासमा निधन भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले एक शोक वक्तव्य जारी गर्दै उनको निधनले नेपाली कम्युनिष्ट आन्दोलनले एक संघर्षशील नेता गुमाउनुका साथै पार्टीले समर्पित सहकर्मी गुमाएको उल्लेख गरेका छन् ।
यादवको निधनले देश, पार्टी र समुदायमा अपूरणीय क्षति भएको पनि प्रचण्डको भनाइ छ । प्रचण्डले उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।