• २०८३ बैशाख ८ गते मङ्गलवार

एक बर्ष बित्यो, पाएनन सामाजिक सुरक्षा भत्ता

भत्ता बढ्यो , खातामा रकम बढेन
खड्क सुनार पढ्न लाग्ने समय : ४ मिनेट

असार २२, मुग । हिमाली जिल्ला मुगुमा रहेको खत्याड गाउँपालिकाले एक वर्ष बित्दा समेत सामाजिक सुरक्षा भत्ता बितरण गरेको छैन ।गाउँपालिकाले बैकिंङ्ग प्रणाली बाट वितरण गर्ने भनिए पनि विगत एक वर्ष देखि र हाल सम्म सामाजिक सुरक्षा भत्ता वितरण नगरेका हुन ।

सरकारले बुढेस कालमा बुढाबुढी ,एकल महिला,अपाङ्ग ,बाल बच्चालाई पोषिलो खानेकुरा र एक टालो फेर्नको लागि भनेर प्रत्येक महिना प्रदान गर्दे आईरहेको सामाजिक सुरक्षा भत्ता मासिक रुपमा वितरण गर्नु त परै जावस एक वर्ष विति सक्दा पनि गाउपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा खत्याड बासिका ज्येष्ठ नागरिक देखि बालवालिका सम्म बञ्चित भएका छन् ।

गाउपालिकाका अनुसार एक बर्ष बित्न लाग्दा पनि बैकमा खाता खोल्न समस्या भएको भन्दै कहिले ईन्टरनेट , कहिले कोभिड , कहिले विदा भने विभिन्न प्रकारका बाहना देखाई एक वर्ष देखि सामाजिक सुरक्षा भता बितरण नगर्दा ज्येष्ठ नागरिकहरुको आफ्नै खुट्टामा बँचरो लागे स्रह भएको उनीहरु बताउछन् । यो विषयमा गाउपालिकाले भत्ता वितरणमा ढिलाई भएको प्रति क्षमा मागेको छ ।

नेपाल सरकारले बिगत केही बर्ष यता ५ बर्ष मुनिका बालबालिकालाई बाल पोषण भत्ता प्रत्येक महिनामा ४ सयका दरले , कर्णालीको हकमा जेष्ठ नागरीक लाई ६० बर्ष पुगेका बृद्ध वृद्धालाई प्रति ब्यक्ति २ हजारका दर र ७० बर्ष माथिका जेष्ठ नागरीक लाई प्रति ब्यीक्त तिन हजार आसिंक अपाङ्ग भएका ब्याक्तिलाई १६ सय, , पूर्ण अपाङ्गलाई ३ हजारका ,एकल महिला २ हजारकाले प्रत्येक महिनामा सामाजिक सुरक्षा भत्ता सम्बन्धित स्थानीय सरकारले वितरण गर्नु पर्ने प्रावधान रहेको हुदा त्यो अहिले खत्याड गाउपालिकाको गाउको सिंह दरवारले पानामै सिमित गरेको छ ।

गाउपालिकाले भत्ता बैक मार्फत आउछ भनेर खाता खोल्न लगायो खाता खौल्यौ , महिना पुग्छ अब भत्ता आयो भनेर मख्ख पर्यौ बैकको खातामा हेर्दा रकम छैन । रित्तो हात लिएर घर फर्कुन परेको अवस्था आएको र बुढेस कालमा खाना खर्च कपडा लगाउन भनेर दिएको रकम नपाउदा सारै मन दुखेको खत्याड गाँउपालिका वडा नम्बर १ की ७५ वर्षिय धनसरी बुढाले देखेसो पोखिन ।

बैकीङ्ग प्राली बाट रकम भुक्तानि गनु पर्ने भएको हुदा बैक खाता खोल्न समय लाग्ने नाम उमेर धेरैको फरक पर्ने लागत कट्टा गर्नु पर्ने ईन्टरनेटको समस्या र कार्यलयमा जनशक्त्तीको अभाव हुनुका साथै भत्ता वितरण गर्ने सबै प्रकृया अगाडी बढ्दै गईरहेको र आगामि ४-५ दिन भित्र सबै लाभग्राहीहरुले सामाजिक सुरुक्षा भत्ता वितरण गर्ने खत्याड गाँउपालिकाका अध्क्षय उब्जन बहादुर शाहीले बताए । खत्याड गाँउपालिकामा बालपोषण २ हजार ३ सय ५४ जना , ७० बर्ष भन्दा माथिका जेष्ठ नागरीक ८ सय २१ जना , ६० बर्ष भन्दा माथिका जेष्ठ नागरीक ८ सय ६४ जना , अपाङ्ग ६२ जना एकल महिला १ सय ३३ जना गरी जम्मा ४ हजार २ सय ३४ जना सामाजिम सुरक्षा नपाएको समेत अध्क्षय शाहीले यो पनि अवगत गराए ।

यता कोस तथा लेखा नियन्त्रण कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मी चन्द्र हमालका अनुसार खत्याड गाँउपालिकाले पहिलो र दास्रो किस्ताको सबै सामाजिक सुरक्षा भत्ताका निकासा लिई सकेको र तेस्रो किस्ता बाँकी छ । भर्ने छायानाथ रारा नगरपालिका र मुगुमकामारोङ्ग गाँउपालिकाको पहिलो किस्ता निकासा गही सकेको छ । उता सोरु गाउपालिकाको पहिलो र दोस्रो किस्ताको रसक निकास भै सकेको बताए ।

भत्ता बढ्यो , खातामा रकम बढेन
सरकारले आर्थिक वर्ष २०७८-७९ मा गरेको बजेट बक्तब्यमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढायो । अर्थ मन्त्री विष्णु प्रसाद पौड्यालले प्रस्तुत गर्नु भएको बजेट बक्तब्यमा ज्येष्ठ नागरिकको लागि मासिक १५ सय रुपैया भत्ता बढ्यो तर मुगुका ज्येष्ठ नागरिकहरुको लागि भत्ता बढ्न त के कुरा खातामा रकम पनि बढेन । जतिमा खाता खोले उत्तिमै अड्कियो यहाका ज्येष्ठ नागरिकहरुको बुझाई छ । सरकार , यदि नागरिक लाई दया मानेर दिएका छौ भने सनसनि खाता रकम हाल , यदि नागरिक लाई बहाना मात्र हो भने विना सित्तिमा बुढा पाखा लाई धोका नदेउ ?

Sharing

प्रतिक्रिया दिनुहोस