जेठ २३, काठमाडौँ । नेकपा एमालेको नेपाल–खनाल पक्षले पार्टी एकताको प्रयासमा अध्यक्ष केपी शर्मा ओली इमान्दार नदेखिएको भन्दै वार्ताको औचित्य नभएको निष्कर्ष निकालेको छ । नेपाल–खनाल पक्षको केही दिनदेखिको भर्चुअल संवादपछि बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
जबसम्म पार्टी एकताको लागि लिखितरुपमा बुझाइएका मागहरु विश्वसनीय रुपमा पूरा हुँदैनन् तबसम्म वार्ता फगत समय कटाउने चाल मात्र ठहरिने नेपाल–खनाल पक्षको निष्कर्ष छ ।
ओलीको एकताको भ्रममा नपरी संगठन निर्माणमा सक्रिय हुन नेपाल–खनाल पक्षको आह्वान हेर्नुहोस् पूर्णपाठ