नेठ २३, काठमाडाैं । काेराेना भाइरस (काेभिड १९) का कारण भोकै कोहि नपरुन् भन्ने उद्देश्यका साथ राष्ट्रिय युवा संघ नेपाल तथा समृद्ध नेपाल अभियान युवा समूहले चन्द्रगिरि नगरपालिकाको एतिहासिक धार्मिक स्थल विष्णुदेवी मन्दिरमा नि शुल्क खाना वितरण गरेकाे छ । “भोकै कोहि नपरुन् सबै स्वस्थले बाच्न पाउन” भन्ने मुल मर्मलाई आत्मसात गर्दै राष्ट्रिय युवा संघ नेपाल र समृद्ध नेपाल अभियान युवा समूह चनपा-१५ को सयुक्त आयोजनमा खाना वितरण कार्यक्रम भएकाे हाे ।

खाना वितरणकाे आज दोस्रो दिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) काे जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल र समृद्ध नेपाल अभियान युवा समूह चनपा-१५ को सयुक्त आयोजनमा चन्द्रगिरि नगरपालिकाको एतिहासिक धार्मिक स्थल विष्णुदेवी मन्दिरमा नि: शुल्क खानाको प्याकिङ वितरण गरिएकाे हाे । काेराेना बिरुद्धको यो महान् अभियान अन्तर्गत निवार्चन क्षेत्र नं ९ र १० मा “भोकै कोहि नपरुन् सबै स्वस्थले बाच्न पाउन्” भन्ने मुल मर्म लाई आत्मसात गर्दै कहि कतै कसैलाई राहत प्याकेज तथा स्वास्थ्य खानाको प्याकिङ चाहेमा राष्ट्रिय युवा संघ नेपाल तथा समृद्ध नेपाल अभियान युवा समूहका अगुवा युवा नेतृत्व लाई यथाशिघ्र सम्पर्क गर्न आयाेजकले अनुराेध गरेकाे छ ।

सम्पर्क व्यक्तीहरू
सुरेन्द्र थापा : ९८१८०७९८९८
सुकलाल तामाङ : ९८४१८०५९९४
राम खड्कि : ९८५१३१२६१२
आशिष महर्जन : ९८१३६०७६१४
बिवेक महर्जन: ९८६८२०७४७३
ओम महर्जन : ९८४३५८०९५२
अनिल कार्की : ९८५१२३३७५१
विश्वतम श्रेष्ठ :९८०८२३१०७७
अजय श्रेष्ठ : ९८४१८३७२३९
प्रशान्त तामाङ : ९८४११८९५३
आशिष कार्कि : ९८५१२१३१३५
श्रीधर भुर्तेल : ९८५१०९८७८२

साथै आयाेजकले आफु पनि बचौं अरुलाई पनि बचाऔं भन्दै प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ सहयोग गर्नु हुने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेकाे छ । र सबैलाइ माक्स स्यानिटाइजर लगाई सामाजिक दुरि कायम गरि काेराेनासगँ नडराउन अनुराेध गरेकाे छ ।
