• २०८३ मङ्सिर ३ गते बुधवार

रामेछापका युवाहरुद्वारा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, रामेछाप । नेकपा (एमाले) रामेछापका युवा नेता तथा गाेकुलगंगा गाउँपालिका वडा नं.५ नामाडीका प्रह्लाद खड्का तथा शंकर थापा र दिनेश थापाले काेभिड-१९ दाेस्राे लहरकाे संक्रमण नियन्त्रण र उपचारका लागि ५ थान अक्सिजन सिलिन्डर, ५००० थान सर्जिकल मास्क, २० लिटर सेनेटाइजर, नगद रु.५०,०००/- बराबरकाे औषधी र १० थान ब्लाङ्केट गाउँपालिका अध्यक्ष श्री खड्ग बहादुर सुुनुवार मार्फत गाेकुलगंगा गाउँपालिका अस्पताललाई हस्तान्तरण


गर्नु भएकाे छ।

आफ्नाे गाउँपालिकावासीप्रति देखाउनु भएकाे सदासयताका लागि गोकुल गङ्गा गाउपालिकाले उहाँ हरुलाइ धन्यवाद दिएको छ।गाउँपालिकाे काेभिड नियन्त्रण कार्यमा आर्थिक, भाैतिक, नैतिक जुनसुकै किसिमकाे सहयाेग पुर्याउनु हुने सम्पूर्ण महानुभावहरुपमा गाेकुलगंगा गाउँपालिकाले कृतज्ञता प्रकट गरेको छ।

आगामी दिनमा पनि सहयोगकार्यलाई निरन्तरता दिदै कोरोना कहरलाई निस्तेज पार्न युवाहरु जिल्लामा स्थानीय निकायसँग सहकार्य गर्दै जाने अनेरास्ववियुका केन्द्रिय सदस्य दिनेश थापाले बताएका छ्न।

Sharing

प्रतिक्रिया दिनुहोस