• २०८३ बैशाख २६ गते शनिवार

आगामी आर्थिक वर्षदेखि तीनवटा सुरुङमार्ग निर्माण: मन्त्री नेम्बाङ

पत्रपत्रिका पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षदेखि तीनवटा सुरुङमार्गको निर्माण घोषणा गरेको छ । निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सिद्धबाबा, लामाबगर-लाप्चे, धरान-लेउती सुरुङमार्गको निर्माण थाल्ने घोषणा गरेका थिए ।

यी तीन वटामध्ये सिद्धबाबा सुरुङमार्गको ग्लोबल टेन्डर आह्वान भइसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङ आगामी आर्थिक वर्षमा तीनवटा सुरुङमार्ग निर्माण कार्यले गति लिने बताउँछन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस