• २०८३ जेष्ठ ९ गते शनिवार

आजको मौसम : थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ । जसका कारण प्रदेश १ र कर्णाली प्रदेशमा सामान्य बदली रही बँकी प्रदेशहरुमा आँशिक बदली रहेको छ

महाशाखाका अनुसार आइतबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै राती पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाले पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैलाई अनुरोध गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस