बैशाख २३ मुगु । जिल्लामा सञ्चालित दर्जनौ सरकाररी कार्यालय भन्दा केही सरकारी कार्यालयले एक सार्वजानिक सुचना जारी गर्दे बन्द गरेका छन् । जिल्लामा रहेका जिल्ला अदालत मुगु, नापि कार्यालय र मालपोत कार्यालयले एक सार्वजानिक सुचना जारी गर्दे कार्यालय बन्द गरेका हुन ।
विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ को दोश्रो लहरले विश्वनै आक्रान्त पारि रहेको अवस्थाले कर्णाली प्रदेशको एक हिमाली जिल्ला मुगु पनि अछुतो नरहेको बन्द गरिएको कार्यालयले जानकारी दिएका छन् । यि कार्यालय बाट प्रवाह हुने मुद्धा मामिला, फैसला जस्ता अर्को सुचना जारी नभएसम्म सबै सेवाहरु ठप्प भएको जनाईएको छ ।
त्यस्तै जिल्ल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसि) मुगुले बैशाख २१ गते निर्णय र जिल्ल प्रशासन कार्यालय मुगुको बैशाख २१ को पत्र जारी अनुसार यस नापि कार्यालय बाट बैशाख १ गते देखि ३१ ग्ते सम्म सो कार्यालय बाट प्रवाह हुने सम्पुर्ण सेवाहरु कार्यालयको आन्तरिक सेवाहरु बन्द गरिएको नापि कार्यालय मुगुका कार्यालय प्रमुख हरिहर चौलागाईले जानकारी दिए । उनले भने “यसबाट पर्न गएको असुविधा प्रति कार्यालय क्षमा प्राप्ति रहेको पनि अवगत गराए ।”
नेपाल सरकारले ७७ वटै जिल्लाका सरकारी कार्यालयमा एक चौथाई कर्मचारी रहने गरि सेवा प्रवाहमा ठप्प नरोपस भनि निर्णय गरेतापनि मुगुका यि सरकारी कार्यालयहरुले बन्द गरेका छन् । पछिल्लो समय मुगुमा कोरोना भाईरसका संक्रमित दिनानु दिन बढ्दै गए पछि थप त्यसको सन्त्रास सरकारी कार्यालयमा पनि पर्ने भएकाले सबै सेवाहरु बन्द गर्नु पर्ने अवस्था आएको कार्यालय प्रमुख चौलागाईको भनाई छ । पछिल्लो तथ्यांक अनुसार मुगुमा २४ जना कोरोना संक्रमित रहेको जनाईएको छ ।