बैशाख २३, काठमाडौँ। आज सेयर कारोबार मापक नेप्से परिसूचक १२ .४७ अंकले घटेर २ हजार ६ सय ३७ दशमलव १३ अंकमा झरेको छ । नेप्से परिसूचक घटे पनि बुधबारको तुनामा बिहीबार सेयर कारोबार रकममा भने सुधार देखिएको छ ।
दिनभर भएका ८० हजार १४१ कारोबारबाट २१६ कम्पनीका १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ६ अर्ब ८१ करोड ९१ हजार ४५३ रुपैयाँ पुगेको छ । बुधबार ६ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको थियो ।