• २०८३ जेष्ठ ४ गते सोमवार

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद्को बैठक आह्वान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २३, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । बिहीबार साँझ ५ बजे बालुवाटारमा प्रधानमन्त्री ओलीले बैठक बोलाउनुभएको हो ।

आजको बैठकमा विभिन्न मन्त्रालयका निर्णय, कोरोना संक्रमण नियन्त्रण र समसामयिक राजनीतिक विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बैठक अगाडि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएको थियो । आजको बैठकले थप महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस