• २०८३ बैशाख ६ गते आइतवार

बजेट निर्माण टोलीलाई कोरोना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २३, काठमाडौँ। अर्थमन्त्रालयमा बजेट निर्माण टोलीमै खटिएका केहीलाई कोरोना भाइरसको संक्रमण देखिएसँगै बजेट निर्माण कार्यतालिका नै प्रभावित बनेको छ ।

बजेट पेश हुने समय २० दिन भन्दा कम छ । हरेक वर्ष जेठ १५ गते बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । अर्थ मन्त्रालयले १ चैतदेखि कार्यतालिका बनाएर बजेट निर्माणमा जुटेको थियो । बजेट निर्माण तालिकाअनुसार वैशाख २० गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसदका दुवै सदनमा अर्थमन्त्रीले पेस गर्ने कार्य तालिका हो ।

अर्थमन्त्रालयका एक अधिकारी मन्त्रालय भित्रै ६ जना कर्मचारीमा कोरोना संक्रमण भेटिएकाले त्रासकै बीच काम भएको तर कार्यतालिका अनुसार जान नसकेको बताउँछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस